पहिरोमा पुरिएको एक सातापछि थप दुई शव फेला, मृतक संख्या ३२ पुग्यो
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा पुरिएका दुई जनाको शव एक सातापछि फेला परेको छ। आज बिहान ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव फेला परेको हो।
गएको ३० साउनमा पहिरोमा पुरिएर ३९ जना बेपत्ता भएका थिए। पहिरोमा पुरिएर बेपत्ता हुनेहरुको लगातार खोजी कार्य भइरहेको छ। आज बिहान दुई जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले बताए।
पहिरामा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ। पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए।