खराब बानी सुधार्ने यी आयुर्वेदिक सूत्र
बानी निर्माण विधि भनेको त्यस्तो प्रक्रिया हो जसबाट कुनै कार्य, विचार वा भाव पटक–पटक दोहोर्याउँदा त्यो स्वचालित बन्न पुग्छ । राम्रो बानी विकास गर्न जति गाह्रो हुन्छ, नराम्रो बानीबाट छुटकारा पाउन झन् कठिन हुन्छ ।
निरन्तरको अभ्यासद्वारा प्राप्त सजिलो र सुपरिचित व्यवहार तथा सचेत विचार विना पनि गर्न सकिने त्यस्तो क्रियाकलाप नै बानी हो। यसलाई असल वा खराब तथा सद्गुण वा दुर्गुण हुने मनोगत स्थिति, आदत, लत र स्वभाव पनि भन्न सकिन्छ।
याे पनि हेर्नुहाेस्– आयुर्वेद र संगीत चिकित्साः रागले बिरामी निकाे पार्छ भने स्वस्थलाई राेगी पनि बनाउँछ
राम्रो बानी बिगार्न वा नराम्रो बानी ग्रहण गर्न सजिलै हुन्छ । सजिलो भएकैले होला नराम्रो बानीप्रति शरीर तत्काल अभ्यस्त बन्न सक्दैन । यसैले त्यो हानिकारक र अहितकर हुन्छ ।
अमेरिकन जर्नल अफ साइकोलोजी (सन् १९०३) का अनुसार मनोविज्ञानको हिसाबले बानी भनेको कम–बेसी सोच्ने, इच्छा वा अनुभूति गर्ने एउटा स्थिर शैली हो जुन विगतको मानसिक अनुभवको आवृत्तिको जगमा बनेको हुन्छ । बानी निर्माण विधि भनेको त्यस्तो प्रक्रिया हो जसबाट कुनै कार्य, विचार वा भाव पटक–पटक दोहोर्याउँदा त्यो स्वचालित बन्न पुग्दछ।
मानिसको हरेक विचार, कार्य र भावनाले मस्तिष्क माथि प्रभाव छोडेको हुन्छ। यदि कुनै विचार, कार्य वा भावलाई पटक पटक दोहोर्याइन्छ भने त्यसै अनुसार शरीर र मनले पनि आफूलाई ढाल्ने गर्छ । सोही अनुसारको जैव–रसायनहरू लामो समयसम्म शरीरमा सक्रिय बन्छ । फलतः बानी निर्माण हुन्छ। मनोविज्ञानका बेलायती प्राध्यापक वेन्डी उड र उनको समूहले सन् २००२ मा गरेको एक अध्ययन अनुसार मानिसहरू दैनिक जीवनमा ४३ प्रतिशतसम्म बानीबाट सञ्चालित हुने गर्छन् भन्ने निष्कर्षमा पुगेका थिए।
मानिसको हरेक विचार, कार्य र भावनाले मस्तिष्क माथि प्रभाव छोडेको हुन्छ । यदि कुनै विचार, कार्य वा भावलाई पटक पटक दोहोर्याइन्छ भने त्यसै अनुसार शरीर र मनले पनि आफूलाई ढाल्ने गर्छ । सोही अनुसारको जैव–रसायनहरू लामो समयसम्म शरीरमा सक्रिय बन्छ । फलतः बानी निर्माण हुन्छ।
मानव मनको तीन वटा तह हुन्छन्; अचेतन, अवचेतन र चेतन । दैनिक जीवनका क्रियाकलापहरू केवल अचेतन मनसम्म पुगेर त्यहींबाट बिर्सिइन्छ । अचेतन मनमा रहेको कुरो पटक पटक दोहोर्याएपछि त्यो अवचेतन मनमा पुग्छ । जब बानी अवचेतन मनमा स्थापित हुन्छ त्यसपछि त्यो हटाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । साथै राम्रो बानी अवचेतन मनमा स्थापित गर्न निकै अभ्यासको जरूरी हुन्छ । चेतन मनको भने कुनै बानी निर्माण वा त्याग गर्नमा केही भूमिका हुँदैन।
याे पनि हेर्नुहाेस्– स्वाद तीतो, स्वास्थ्यलाई मीठो
न्यूयोर्क टाइम्स का बिजनेस लेखक चार्ल्स डुहिङ्गको पुस्तक द पावर अफ ह्याविट का अनुसार प्रत्येक बानी मनोवैज्ञानिक ‘ह्याविट लुप’ बाट सञ्चालित हुन्छ। यसका तीन पक्ष हुन्छन् । पहिलो क्लु (ट्रिगर) जसले स्वचालित अवस्थामा पुर्याउँछ र क्रिया प्रकाशित हुन्छ, दोस्रो बानीबाट हुने कार्य (एक्सन) हो । तेस्रो पक्ष भनेको कार्यको परिणाम वा कर्मफल (रिवार्ड) हो । जब बानी स्वचालित बन्दछ त्यसपछि मनको निर्णय गर्ने पक्ष सुत्छ । बानीमा कार्य अचेत रूपमा सम्पन्न भइरहने हुँदा त्यहाँ मन वा बुद्धिको सक्रिय (निर्णय) संलग्नता रहेको हुँदैन।
याे पनि हेर्नुहाेस्– स्वास्थ्यका लागि लाभदायक सातु
बानीहरू कहिलेकाहीं बाध्यात्मक पनि हुन्छन्। तिनैमध्ये कुनै बानी राम्रो हुन्छ भने केही बानी खराब एवं हानिकारक हुन्छन्। ड्रग्स् (लागूपदार्थ) खाने व्यक्तिको जैव–रसायन र त्यसको उपजबाट प्राप्त मानसिक अवस्था यसरी ढालिन पुग्छ कि ड्रगिस्ट व्यक्ति ड्रग्स खान शारीरिक वा मानसिक बाध्यतामा पर्छ।
मानिसले विष खायो भने मर्छ किनभने शरीरमा विष पचाउने त्यस्तो कुनै संरचना नै हुँदैन। यदि कसैलाई बच्चैदेखि थोरै थोरै गरी विष खुवाइयो भने शरीरको प्रणालीले विषप्रति देखाउने प्रतिक्रिया स्वाभाविक बन्छ र शरीरमा विष पच्न थाल्छ। शरीरलाई विष पचाउने बानी पर्छ। यसै विधिबाट प्राचीनकालमा विषकन्या तयार पार्ने गरिन्थ्यो। यसरी शारीरिक बानीहरू निर्माण गर्न सम्भव हुन्छन्।
याे पनि हेर्नुहाेस्–अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता
त्यसैगरी मानसिक क्षमता बढाउन पनि बानी विकास गर्न सकिन्छ । छिनछिनमै बिर्सिने मान्छेले पनि स्मरणशक्ति बढाउन अभ्यास गरे उसको सम्झना–शक्ति अद्भुत रूपमा बढ्न सक्छ। राम्रो बानी निर्माण गर्न निरन्तर अभ्यास गर्नुलाई अचूक सूत्र मानिन्छ। त्यसैगरी नराम्रो बानी छुटाउने भनेको बनिसकेको बानीको आधारभूत, मानसिक एवं शारीरिक सुखानुभूतिप्रति द्वेष जगाउनुलाई विशेष सूत्र मानिन्छ।
राम्रो बानी विकास गरेर एउटा सामान्य मानिस सुखी र समृद्ध बन्न सक्दछ भने गलत बानीको कारण दुःखी र कंगाल बन्न सक्छ । अर्बपतिहरू सडकछाप भएका उदाहरण समाजमा प्रशस्तै छन् ।
बानीहरू कहिलेकाहीं बाध्यात्मक पनि हुन्छन् । तिनैमध्ये कुनै बानी राम्रो हुन्छ भने केही बानी खराब एवं हानिकारक हुन्छन् । ड्रग्स् (लागूपदार्थ) खाने व्यक्तिको जैव–रसायन र त्यसको उपजबाट प्राप्त मानसिक अवस्था यसरी ढालिन पुग्छ कि ड्रगिस्ट व्यक्ति ड्रग्स खान शारीरिक वा मानसिक बाध्यतामा पर्छ।
एउटा राम्रो बानीले पुस्तौंपुस्ता सपार्न सक्छ भने एउटा नराम्रो बानीले पुस्तौं पुस्तालाई बिगार गर्न सक्छ। दार्शनिक अरस्तुले भनेका छन्, “बारम्बार दोहोर्याएर व्यक्तिले जे गर्छ, ऊ त्यही हुन्छ। त्यसैले सर्वाेत्कृष्टता कार्य होइन, यो त एउटा बानी हो।”
भगवद्गीताले विशेषगरी जुवातास खेल्नु, मांसहार गर्नु, वेश्यावृत्ति र लागूपदार्थ सेवन गर्नु आदिलाई कलियुगमा हुने गलत काम वा पाप हुन् भनेर उल्लेख गरेको छ। यी कर्महरूले मानवजीवनलाई गलत दिशातिर लान्छ । वर्तमान विश्वमा सम्पूर्ण गलत बानीव्यहोराहरू यी कर्महरूको वरिपरि नै केन्द्रित भएको देखिन्छ।
याे पनि हेर्नुहाेस्–बहुगुणी गाँजा
अहिलेका मानिसहरू नराम्रा बानीका कारण अनेकथरी समस्यामा छन् । मासु मात्र खान खोज्ने बानी भएकाहरू मोटोपन र उच्च रक्तचापको समस्यामा छन् । चुरोट खानेहरू फोक्सोमा देखिने विभिन्न समस्यामा छन् । रक्सी खानेहरू कलेजो सम्बन्धी समस्याले घेरिएका छन् । परस्त्री वा परपुरुषसँग क्षणिक यौनको सुखानुभूतिमा बानी परेकाहरूको घरबार बिग्रिएको छ । जुवातासको लतमा परेका धेरैले धन, मान, प्रतिष्ठा आदि गुमाएका छन्।
मासु मात्र खान खोज्ने बानी भएकाहरू मोटोपन र उच्च रक्तचापको समस्यामा छन् । चुरोट खानेहरू फोक्सोमा देखिने विभिन्न समस्यामा छन् । रक्सी खानेहरू कलेजो सम्बन्धी समस्याले घेरिएका छन् । परस्त्री वा परपुरुषसँग क्षणिक यौनको सुखानुभूतिमा बानी परेकाहरूको घरबार बिग्रिएको छ।
यसबाहेक अहिले प्रविधिले पनि मानिसहरूको बानीलाई व्यापक तवरले बदलेको छ। बच्चाहरू मोबाइलको लतमा पढाइ बिगार्दै छन्। युवाहरू फेसबूकको लतमा समय बर्बाद गरिरहेका छन्। अबेर रातिसम्म टीभी हेर्नेहरू बिहान टन्टलापुर घाम लागुञ्जेल सुत्छन्, सबेरै उठ्नै सक्दैनन्। सधैं गाडीमा हिंड्ने बानी परेकाहरू एक किलोमिटर हिंड्न पनि असहज मान्छन्।
आवेगमा आएर निर्णय गर्नेहरूले बानी बनाउन वा छोड्न सक्दैनन्। संकल्प गरेर मात्र पुग्दैन त्यसको लागि ‘बानी र मान’ को सम्बन्ध सम्बद्ध विज्ञानलाई बुझेर सचेत रूपमा वैज्ञानिक अभ्यास गर्न सक्नुपर्छ। अनि मात्र कुनै बानीलाई जीवनमा स्थायी रूपमा स्थापना गर्न सकिन्छ।
युरोपियन जर्नल अफ सोसल साइकोलोजीमा सन् २०१० अक्टोबरमा लाली र उनका साथीहरूको समूहले प्रकाशन गरेको अध्ययन अनुसार मानिसको जीवनमा एउटा बानीले स्थायी र स्वचालित रूप प्राप्त गर्न ६६ दिन (रेन्जमा १८ देखि २५४ दिनसम्म) लाग्छ।
युरोपियन जर्नल अफ सोसल साइकोलोजीमा सन् २०१० अक्टोबरमा लाली र उनका साथीहरूको समूहले प्रकाशन गरेको अध्ययन अनुसार मानिसको जीवनमा एउटा बानीले स्थायी र स्वचालित रूप प्राप्त गर्न ६६ दिन (रेन्जमा १८ देखि २५४ दिनसम्म) लाग्छ ।
बानी सुधार्नु सजिलो र त्यो रातारात हुने काम पनि होइन। चुरोट वा रक्सी खाने बानी परेकाले आवेगमा आएर छोड्ने निर्णय गर्छन् । संकल्प शक्तिले केही दिन छोड्छन् पनि तर बानी र मानको सम्बन्धको विज्ञानलाई नजानेर केही दिनपछि त्यही लतमा फर्किन्छ । यसरी पटक पटकको प्रयास असफल हुँदा मानिसले आफूलाई मानसिक रूपमा कमजोर महसूस गर्छ।
याे पनि हेर्नुहाेस्–भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं
हितकर अहितकर वस्तु तथा पदार्थको सेवन एवं त्याग विधिका बारेमा वृद्धवाग्भट रचित अष्टाङ्गहृदयम् सूत्रस्थान (अध्याय ७ को ४८ र ४९औं श्लोक) मा विशेष उल्लेख गरिएको छ । सो ग्रन्थ अनुसार अभ्यस्त अपथ्य (विरोधी आहार तथा हानिकारक विहार) को एक चौथाइको क्रमले अथवा टुक्रा टुक्रा पार्नुपर्छ । अर्थात् सोह्र भाग लगाई क्रमैबाट एक, दुई, तीन दिनको अन्तर राखेर एक एक भाग घटाउँदै लानुपर्छ । अन्त्यमा पूरै छुट्छ।
त्यसैगरी बानी नपरेको पथ्य (स्वस्थकर आहार विहार) सेवन गर्नुपर्छ । किनभने यो विना एकैपटक अहित चिजको परित्याग गर्दा वा एकाएक हितकर चिज मात्र सेवन गर्न थाल्दा अभ्यस्त आहार विहारको परित्यागका कारण विभिन्न प्रकारका रोग उत्पन्न हुनसक्छन्। अथवा अभ्यस्त नभएको आहार विहार सेवनले पनि त्यही परिणाम ल्याउँछ । तात्पर्य के हो भने कुनै पनि आहार वा विहारको सेवन तत्काल गर्नुहुँदैन र त्यसैगरी परित्याग पनि गर्नुहुँदैन । परित्याग गर्ने हुँदा पनि थोरै थोरै गरी गर्नुपर्छ, सर्वथा त्याग गर्न सकिए पनि वा नसकिए पनि।
यसो गर्दा शरीरमा क्रमशः घट्ने त्रिदोष (वात पित्त र कफ) फेरि वृद्धि हुँदैन र क्रमशः सञ्चित गरिएको दोष एवं गुण स्थायी हुन्छ भनी अष्टाङ्गहृदय सूत्रस्थान (अध्याय ७ को ५० र ५१औं श्लोक) मा वर्णन गरिएको छ।