भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं
फर्सीका बियाँ, आलस, भाङ./भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ?
कसैकसैले केही उट्पट्याङ कुुरा गर्यो भने “के हो, भाङ खाएर आयौ कि क्या हो ?” भनेको धेरैले सुनेका छौं । अर्थात् भाङ भनेको लागुु पदार्थ हो भन्ने हामी धेरैलाई थाहा छ तर भाङ पौष्टिक तत्वले भरिपूूर्ण छ भन्ने कतिलाई थाहा होला ?
केही महिना अघि शारदाले बैंकक जानेवेलामा त्यहीँकी साथीलाई सोधिन– के ल्याइदिउँ ? उनकी साथीले भनिन् “मेरी आमा ८६ वर्षकी भइन्, उनी लामो समयदेखि विरामी छन् । उनले खान मिल्ने पौष्टिक खाद्य पदार्थ केही भए ल्याइदेऊ ।”
शारदाले त्यहाँका विभिन्न पोषणवीद्सँग सोधिन् । कसैले के सुझाए कसैले के ।
त्यसैक्रममा पौष्टिकता विचार गरेर खाना बनाउने एक रेष्टुुरेन्ट व्यवसायीले भने “म तपाईलाई पौष्टिक तत्वले भरिपूूर्ण वस्तुु दिन्छुु, त्यही लगिदिनु । यद्यपि यो अलिक महँगो छ, तर उत्तम वस्तुु हो ।” उनका अनुसार थाइल्याण्डमा कुपोषणग्रस्त बृद्धबृद्धालाई पनि त्यो दिइन्छ ।
शारदाले उत्सुक हुँदै सोधिछन्, “के हो त्यो वस्तु ? यहाँ पाइयो भने यतैबाट लगिदिन्छु नि । ती व्यक्तिले भने “यो हेम्प हो । यसको प्रतिकेजी मूूल्य थाइ भाट १००० पर्छ। अर्थात् नेपाली रु. ३७०० ।”
हेम्प भनेको त भाङ हो । नेपालमा अचार खाने गरेको उनले सुनेकी थिइन् तर त्यसको पौष्टिकताबारे थाहा थिएन । नेपालमा यसको मूूल्य बढीमा प्रतिकेजी ४०० पर्ला । किन त्यहाँ ३७०० हालेर किन्नु ?
जब उनले गुुगल सर्च गरी भाङको बीउका बारेमा गरिएका विभिन्न अनुुसन्धानहरु पढिन्, अनि भाङ उनको भान्सामा कहिल्यै टुटेको छैन ।
भाङको छोप बनाएर अचार धेरैले खान्छन् । भाङको बीउमा रहेको प्रोटिन उच्च स्तरको हुुन्छ । यसमा पर्याप्त मात्रामा रेशादार तत्व हुुन्छ, खाना पचाउन पनि मदत गर्छ। यसमा रहेको ओमेगा ३ फ्याटी एसिडले स्वास्थ्यमा लाभ पुर्याउँछ । ओमेगा ३ को महँगो क्याप्सुुल किनेर खानै पर्दैन् ।
विभिन्न अध्ययनहरुले भाङका दाना खाए रक्त सञ्चालन र मुटु स्वस्थ राख्न मदत गर्छ भन्ने उल्लेख गरेका छन् । त्यसैगरी बाथरोगीलाई पनि फाइदा गर्छ भनिएको छ।
यसलाई भुुटेर, पिसेर, सलादमा वा तरकारीमा हालेर खान सकिन्छ । मैले चाहिँ प्रत्येक दिन आलस, तिल, भाङ एक चम्चा खान्छु । क्याल्सियम चक्की खान्न, खानै पर्दैन।
बजारमा भाङको तेल पनि पाइन्छ । कतिजनाले भाङको बीउ खायो भने भाङको नशा लागे जस्तै हुुन्छ भन्ने गर्छन् तर यसको बीउले नशा भने लाग्दैन ।
त्यस्तै अर्को हो, फर्सीको बियाँ । कतिले भुटेर, कतिले दिउल निकालेर काँचै खान्छन् । धेरैका घरमा भने वास्ता नगरिएकै खाद्य वस्तु हो ।
फर्सीको बियाँमा लुुकेको सूक्ष्म पौष्टिक तत्वबारे थाहा नपाइ खाए पनि विभिन्न किसिमका महँगा भिटामिनहरु किनेर खानै पर्दैन ।
फर्सीका बियाँ प्रायः फालिन्छन् तर तिनको महत्व थाहा पाएकाहरुले भने भान्छामा जतन गरेरै राख्छन् ।
पहिले पहिले बुढाबुढीहरुले फर्सीको बियाँ सुकाएर राख्थे । धेरैले त्यसको बाहिरी पत्र छोडाएर दिउल मात्रै खान्छन् । कतिले चाहिँ बाहिरको बोक्रै समेत भुट्छन् र छोपका रुपमा समेत प्रयोग गर्छन् । दिउल मात्र खाए जस्तो मिठो स्वाद नभए पनि साह्रै पोषणयुक्त हुन्छ ।
पहाडतिर दूध, च्यूरा र दहीसँग फर्सीको दिउल मिसाएर पनि खान्छन् । कसैले यसलाई पिसेर सलाद वा सुपमा पनि हाल्छन् ।
यसले शरीरमा इन्सुलिन सन्तुलनमा राख्न मदत गर्छ । यसमा प्रशस्त मात्रामा जिंक पनि पाइन्छ ।
अहिले फर्सीको दिउलको प्रतिकेजी मूल्य झण्डै दुई हजार छ ।
सूूर्यमुुखीको फूूलको सुन्दरता देखेर हामी खुशी हुन्छौं तर यसको बीउ पनि स्वास्थ्यबर्धक छ भन्ने विचार शायदै आउँछ । सूूर्यमुुखी तेल अहिले कति जनाले प्रयोग गर्छन् तर तेल निकाल्ने बीउको चाहिँ वास्ता गरिएको पाइँदैन ।
युुरोपका विभिन्न देशमा जाँदा सूूर्यमुुखीको बीउबाट बनाइएको मिठाइ चाहिँ मैले खाएको छु । अब कुरो आयो ‘के छ त सूूर्यमुुखीको बीउमा त्यस्तो विशेष ।’
यसमा भिटामिन ‘इ’ हुुन्छ, यसले मुुटु स्वस्थ राख्छ । शरीरमा रहेको अनावश्यक बोसो घटाउँछ । त्यसमा पाइने म्याग्नेशियम नामक तत्वले मांसपेशी र हड्डीको स्वास्थ्य राम्रो राख्छ । रगतमा चिनीको सन्तुलन मिलाउन पनि मदत गर्छ ।
अब कुरा गरौं आलसको । पछिल्लो समय सामाजिक सञ्जालमा धेरैले फाइदैफाइदा भनेर आलसको प्रचार गरिरहेको देखिन्छ । पहिले आलस अपहेलित थियो । अहिले धेरैले प्रयोग गर्न थालेका छन् । अहिले त यो क्याल्सियम, ओमेगा ३, रेशादार पदार्थको राम्रो स्रोत हो भन्ने बुझाइ छ ।
आलसमा अर्को महत्वपूर्ण पौष्टिक तत्व लिगनेन हुन्छ । लिगनेन एन्टिवायरल, एन्टिफङ्गल र क्यान्सर विरोधी हुन्छ । साथै यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । लिगनेनले कोलेस्ट्रोल घटाउँछ र ब्लड सुगरलाई नियन्त्रणमा राख्छ । मासिक धर्म सम्बन्धी अनियमिततालाई पनि ठीक गर्छ ।
विशेष गरी महिलाहरूको महिनावारी सुकेपछि हाडको घनत्व कम हुँदै जाने समस्या कम गर्न आलसको सेवन राम्रो मानिन्छ । यसलाई छोप बनाएर खान सकिन्छ । भुटेर दानै सलादमा हाल्न पनि सकिन्छ । दहीमा घोलेर प्रयोग गर्न सकिन्छ । जसरी प्रयोग गर्दा पनि हुन्छ तर राम्रोसँग चपाएर खानुपर्छ ।
यसबाहेक हामीकहाँ सिलाम, तील, फिलिंगो, कुभिण्डोको बियाँ आदि धेरै कुरा छन् । यस्ता पौष्टिक तत्व भएका बियाँ वा दिउलहरुबारे खोजी गर्ने र जतन गरेर उपयोग गर्ने सीपको भने अभाव छ ।