बेलायतबाट नेपाल आएका थिए संक्रमण आशंका गरिएका तीन जना
बेलायतबाट आएका तीनजनाको प्रारम्भीक जाँच पोजिटिभ देखिएपछि उनीहरुलाई थप जाँचका लागि पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।
उनीहरु आमा, छोरा र बुहारी हुन् । तीनै जना बेलायतबाट ५ चैतमा काठमाडौं आएका थिए ।
कागेश्वरी मनाेहरा नगरपालिकाले साेमबार विदेशबाट आएकाहरूकाे काेभिड–१९ जाँचकाे ब्यवस्था गरेकाे थियाे । मूलपानी अस्पतालमा ३६ जनाकाे जाँचमा यी तीनजनामा प्रारम्भीक जाँच पाेजिटिभ देखिएकाे हाे। मेयर कृष्णहरी थापाले साेमबार टेकु अस्पतालबाट किट मगाएर नगरपालिकाका तीन वडाहरू (७,८ र ९) मा विदेशबाट आएकाहरूकाे जाँच गरिएकाे बताए ।
“हामीले नगरपालिका भित्र विदेशबाट आएर बसिरहेकाहरूकाे काेभिड–१९ जाँचकाे व्यवस्था गरेका हाैं ” मेयर थापाले भने “जम्मा ६१ जना हुनुहुन्छ बाँकीकाे भाेली जाँच हुनेछ ।” उनका अनुसार तीनैजनाकाे स्वास्थ्य अवस्था सामान्य छ । उनीहरू क्वारेन्टिनमा बसेका थिए । उनले उपचाररत तीनजनाकाे परिवारका सदस्यले नगरपालिकामा उनीहरू ५ चैतमा बेलायतबाट आएकाे विवरण टिपाएका थिए। उनीहरू चढेर आएकाे विमानका बिषयमा साेधपुछ भइरहेकाे बताए।
प्रहरीले उनीहरु बस्ने काठमाडौं पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टलाई शिलबन्दी गरेर थप सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार सोमबार मुलपानीस्थित कोभिड–१९ जाँच केन्द्रमा -यापिड टेस्ट गराँउदा पोजिटिभ देखिएको हो । उनीहरुलाई स्थानिय जनप्रतिनिधीहरुले पाटन अस्पताल पु-याएका थिए ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले अर्पाटमेन्ट र आसपासका क्षेत्रमा सरकारले तोकेको मापदण्ड र नीति अनुसार ब्यवस्थापन गरिएको बताए । उनले संक्रमणको आशंका गरिएका तीन जना बेलायतबाट आएको बताए ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले अर्पाटमेन्टका अध्यक्ष सहित स्थानिय जनप्रतिनिधीको सहकार्यमा संक्रमित भेटिएको स्थानलाई ब्यवस्थापन गरिएको बताए ।
याे पनि