पेप्सीकोलामा एकै परिवारका तीन जनामा संक्रमणको आशंका, पाटन अस्पताल भर्ना
काठमाडौंको पेप्सीकोला बस्ने एकै परिवारका तीन जनालाई कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, लण्डनबाट फर्किएका परिवारमा कोरोनाको आशंका गरिएको हो । गएको ५ चैतमा काठमाडौं फर्किएका ती परिवारमा कोरोनाको आशंका गरिएको छ ।
-यापिट टेष्टमा कोरोना पोजिटिभ देखिए पछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । लण्डनबाट फर्किएपछि लुकेर बसेका ती परिवारबारे नजिक बस्नेहरुले प्रहरीलाई जानकारी गराएका थिए ।
छिमेकको जानकारी पछि प्रहरीले उनीहरुको खोजी गरेका थिए । पाटन अस्पताल भर्ना भएका उनीहरुको पीसीआर परीक्षणको तयारी गरिएको छ ।
सम्बन्धित समाचारः