‘ए’ डिभिजन लिग : फ्रेन्डसको पहिलो जित
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १६ मंसिरमा भएको पहिलो खेलमा फ्रेन्डसले मछिन्द्रलाई ३-० गोल अन्तरले पराजित गर्यो। यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो। यो जितसँगै फ्रेन्ड्स ४ अंकका साथ लिगको नवौं स्थानमा उक्लिएको छ। फ्रेन्ड्सको जितमा संजोक महर्जन, अनिल महर्जन र विदेशी खेलाडी फोफाना ब्राहिमानले १-१ गोल गरे।
खेलको ६६औं मिनटमा ब्राहिमानले गोल गर्दै पहिलो अग्रता दिलाए। ८४औं मिनटमा संजोकले एक गोल गरे भने दोस्रो हाफको अत्तिरिक्त समयमा अनिलले एक गोल गरे। खेलमा फ्रेन्ड्सका कप्तान असिम भुसाल म्यान अफ दी म्याच घोषित भए। पराजित भएको मछिन्द्र दुई अंकका साथ लिगको १२औं स्थानमा छ। रासस