भारतको आर्थिक वृद्धिदर ७.१ प्रतिशतमा सीमित
भारतको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ७ दशमलव १ प्रतिशतमा सीमित भएको छ।
यो वर्षको पहिलो त्रैमासिकमा ८ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको भारतको उपभोग खस्किएको र सेवा क्षेत्र धर्मराएपछि दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर घटेको हो।
यद्यपि, गत वर्षको तुलनामा भने आर्थिक वृद्धिदर उकालो नै चढेको छ। गत वर्षको दोस्रो त्रैमासमा भारतको आर्थिक वृद्धि ६ दशमलव ३ प्रतिशत मात्र थियो। अघिल्लो त्रैमासको तुलनामा आर्थिक वृद्धिदर घटे पनि भारतको वृद्धिदर चीनको तुलनामा बढी नै छ।