युद्ध अपराधमा समातिए श्रीलंकाका उच्च सैनिक अधिकारी
श्रीलंकाका एक उच्च सैनिक अधिकारी तमिल विद्रोहका क्रममा युद्ध अपराध गरेको अभियोगमा पक्राउ परेका छन्।
चिफ अफ डिफेन्स स्टाफ रविन्द्र विजेगुणरत्नेलाई पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको हो। उनीविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। २६ वर्ष लामो लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीई)को पृथकतावादी विद्रोहको अन्तिम समयमा मारिएका ११ युवाको हत्यामा संलग्न जासुसी अधिकृतलाई संरक्षण गरेको आरोप विजेगुणरत्नेमाथि छ। उनले भने आरोप अस्वीकार गरेका छन्।
कोलम्बोको अदालतले उनलाई ५ डिसेम्बरसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। गृहयुद्धको अन्तिम ५ महिनामा मात्र ४० हजारभन्दा बढीको ज्यान गएको थियो। २६ वर्षमा कम्तीमा एक लाख जना मारिएका थिए।
बीबीसीबाट