कैलालीमा बस दुर्घटना, २५ जना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
आज बिहान सुर्खेतबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख २८५४ नम्बरको बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुको अत्तरिया र धनगढीका विभिन्न अस्पतालमा उपचारका लागि पुर्याइएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए । रासस