ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा
नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोल पम्पलाई कारवाही गरेको छ।
विभागले एक महीनायता सफ्टवेयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने ती पम्पलाई कारवाही गरेको हो।
कारवाही पर्नेमा बाराका विजय आयल स्टोर, ममता आयल स्टोर, स्वस्थानी आयल स्टोर, अमित आयल स्टोर, शंकर आयल स्टोर, हरिओम आयल स्टोर र जयविकास आयल स्टोर छन्। यस्तै, रूपन्देहीका शंकर पेट्रोलियम र लुम्बिनी लोटर्स आयल स्टोर कारवाहीमा परेका छन्। न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौं, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुंगालार्इ पनि विभागले कारवाही गरेको छ।
सफ्टवेयरमार्फत ठगी गर्ने पम्पलाई कारवाही गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। ती पम्पलाई रु ३० हजार जरिवाना, तीन वर्ष कैद तोकिएको छ भने पम्प शिलबन्दी गरिएको छ। रासस