प्रकाश स्मृति कप फुटबलको उपाधि प्लानिङ ब्वाइज काठमाडौंलाई
दोलखाको सर्वाधिक राशिको प्रथम प्रकाश स्मृति कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काठमाडौंले जितेको छ।
शुक्रवार भएको फाइनल खेलमा दोलखा जिल्ला फुटबल संघलाई १-२ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो। बिहीवार भएको सेमी-फाइनलमा एपीएफ काठमाडौंलाई ३-४ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज तथा दीपशिखा युवा समूह नैकाप काठमाडौंलाई १-३ अन्तरले पछि पार्दै जिल्ला फुटबल संघ फाइनल प्रवेश गरेका थिए।
विजयी टिमलाई खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले रु. २ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिन्।
रिनेजम नेपालको आयोजना तथा दोलखा जिल्ला फुटबल संघको सह-आयोजनामा भएको प्रतियोगितामा १२ वटा टिम सहभागी थिए।
शर्मिला बुढाथोकी, दोलखा