महिला फूटबलमा सुदूरपश्चिमको विजयी शुरुआत
छैटौँ प्रधानसेनापति महिला फूटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
भद्रकालीस्थित आर्मी हेडक्वाटरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश–१ लाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको हो ।
सुदूरपश्चिमकी निलम सिंहले खेलको ४१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् ।
प्रदेश–१ की खेलाडी इमा राईले खेलको ८१आँै मिनेटमा गोल फर्काउँदै खेललाई एक÷एकको बराबरीमा ल्याइन् । तर, त्यो बराबरी लामो समय टिक्न सकेन ।
खेलको ८७औं मिनेटमा सुदूरपश्चिमकी अस्मीता चौधरीले एक गोल थप्दै जित सुनिश्चित गरिन् ।
प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका छन् । जसमा तीन विभागीय टोलीसहित भारतका विहार र सिक्किम गरि दुई टोली पनि सहभागी छन् ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ भने उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ ।