दिल्लीमा अती प्रदुषण, ३ दिन विद्यालय बन्द
भारतको राजधानी दिल्लीमा बायु प्रदुषण अती नै बढेपछि त्यहाँकाको राज्य सरकारले तीन दिनका लागि सबै विद्यालयहरु बन्द गराएको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अति वायु प्रदूषणको समस्यासँग जुध्नका निम्ति विभिन्न कदमहरु चालिने जनाएका छन् ।
बढ्दो वायु प्रदूषण कम गर्न पाँच दिनका लागि निर्माण तथा भत्काउनेसम्बन्धी सबै काममा रोक लगाइएको छ। धूलो नियन्त्रण गर्न सडकमा पानी छर्किन थालिएको छ। ल्याण्डफिल साइटमा फोहोर जलाउने कार्य तथा कोइला ऊर्जा प्लान्ट बन्द गरिएको छ।
मुख्यमन्त्री केजरीवालले दिल्लीवासीलाई सकेसम्म घरभित्र बस्न र सम्भव भए घरबाट कामहरु गर्न आग्रह गरेका छन्।
विश्य स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा ९० गुणा र भारत सरकारले तोकेको भन्दा १५ गुणाले बढी प्रदूषण भएपछि दिल्ली सरकारले पछिल्ला कदमहरु चालेको हो।
बढदो प्रदुषण कम गर्न माग गर्दै मास्क लगाएका सयौं मानिसहरुले आइतबार दिल्लीको जन्तरमन्तर भन्ने ठाउँमा प्रदर्शन गरेका थिए ।
मुख्यमन्त्री केजरीवालले दिपावली पर्वदेखि तुवाँलोको समस्या झेलिरहेको दिल्ली सरकारलाई सघाउन केन्द्र सरकारलाई आग्रह गरेका छन्।