राजदूत थापालाई फिर्ता बोलाइएकामा राप्रपाको आपत्ति
काठमाडौं- सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएकामा राप्रपाले विरोध जनाएको छ।
राप्रपाको कोटामा फागुन ०७३ मा थापा राजदूत नियुक्त भएका थिए।
“लामो राजनीतिक र कूटनीतिक अनुभव संगालेका थापालाई राजदूतबाट फिर्ता बोलाउनुको कारण सरकारले स्पष्ट पारेको छैन,” राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “बिनामापदण्ड राजदूत फिर्ता र नियुक्तिले कूटनीतिक असन्तुलन हुने प्रष्ट छ। सरकारको दम्भपूर्ण यो निर्णयको राप्रपा विरोध गर्दछ।”