पत्रकार न्यौपानेको निधन
पत्रकार सञ्जय न्यौपानेको निधन भएको छ । ४५ वर्षीय पत्रकार न्यौपानेको २० कात्तिकमा ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
न्यौपानेको आज राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारिक स्रोतले जानकारी दिएको छ ।
कारोबार दैनिकका पूर्व सम्पादक न्यौपानेले त्यसअघि कान्तिपुर दैनिकको बिजनेस ब्यूरो चीफ थिए । दुई दशकदेखि पत्रकारितामा सक्रिय उनी नेपाल आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्ष हुन।
न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् ।