नेपाली महिला फूटबल टिम ओलम्पिक छनोटको दोस्रो चरणमा
नेपाली महिला फूटबल टिम सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदको महिला फूटबल अन्तर्गत एशियाली छनोटको दोस्रो चरण प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न छनोट चरणको अन्तिम खेलमा बाङ्लादेशसँग १–१ को बराबरी खेले पनि यो बराबरी दोस्रो चरण पुग्न नेपाललाई पर्याप्त रह्यो ।
पहिलो हाफमा एक गोलको अग्रता लिए पनि नेपालले दोस्रो हाफमा अग्रता कायम गर्न नसक्दा जितबाट विमुख हुन पुग्यो । नेपालले १७ औं मिनेटमै निरु थापाको गोलमा अग्रता लिएको थियो । तर, दोस्रो हाफको इन्जुरी समयमा सम्हालिन नसक्दा नेपालले अन्तिम मिनेटमा गोल खान पुग्यो ।
नेपालले भारत र म्यानमारपछि समूहमा तेस्रो हुँदै दोस्रो चरणको स्थान सुरक्षित गरेको हो । बाङलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालले समूह चरणका भारत र म्यानमारसँगका खेल पनि बराबरीमा टुंग्याएको थियो । दोस्रो चरणका छनोट खेलहरु आउँदो अप्रिल २०१९ मा हुनेछन् ।