राष्ट्रिय खेलकूद परिषद्मा तीन सदस्य नियुक्त
सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले सदस्यमा पीताम्बर तिमल्सिना, राजेश गुरुङ र इन्दिरा निरौलालाई नियुक्त गरेको हो ।
युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ ।
लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिशमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो ।
राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय हुनुहुन्छ । यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल सङ्घको केन्द्रीय सदस्य हुन् ।
बक्सिङका पूर्वखेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुन् । रासस