विराटनगरमा छठ बजार (फोटो फिचर)
विराटनगर- छठ पर्वका अवसरमा पूजा सामग्री खरिद-बिक्रीका लागि विराटनगरको गुद्रीमा सोमबारदेखि दुईदिने छठ बजार लागेको छ।
गुद्री सडक आवतजावत बन्द गरी महानगरपालिकाले छठ बजार लगाएको हो। दुई सय मिटर सडकको दुवै किनारा र बीच भागमा छठका सामग्री बिक्रीमा राखिएका छन्। ग्राहक र बिक्रेताको भीडले सडक भरिएको छ।
पूजाका लागि नगरको पूर्वतर्फ सिंघिया खोलाबीचको सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहर, पश्चिमको केशलिया खोला तथा ठाउँ-ठाउँमा रहेका पोखरी सिंगारिएको छ।
वर्षभरि मलमुत्रले दुर्गन्धित रहने जलाशयहरू सफा गरेर चिटिक्क पारिएको छ। व्रतालुहरू छठका दिन अस्ताउँदो सूर्यको आराधना गरेर जलाशयमै रातभर भजन-कीर्तन गर्दै बस्ने गरेका छन्।
कमल रिमाल, विराटनगर