किशोरी र युवतीमाथि सामूहिक बलात्कार
लहान- सिरहाको लहान नगरपालिकामा किशोरी र युवतीमाथि सामूहिक बलात्कार भएको छ। २३ कात्तिकमा भाइटीकाको राति लहान-२२ मा लक्ष्मीपुर पतारी गाउँपालिकाका १५ वर्षीया किशोरी र २० वर्षीया युवतीमाथि सात जनाको समूहले बलात्कार गरेको हो।
पीडित किशोरी र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी लहानका डीएसपी राजेश थापाले जानकारी दिए।
घटनामा संलग्न सातै जना फरार रहेको र उनीहरूको खोजतलास भइरहेको डीएसपी थापाले बताए। तीन जनाको नाम खुलेको र चार जनाको नखुलेको प्रहरीले जनाएको छ।
लहानका हरि चौधरीले आफ्नो जन्मदिनमा बोलाएको र उनको घरमा पुगेका बेला आफूहरूमाथि सामूहिक बलात्कार भएको पीडित युवतीले प्रहरीलार्इ बताएकी छन्। रासस