सुरुङ खनेर ४ घरमा चोरी
रौतहट- कटहरिया-४ हर्षाहा टोलका ४ घरमा शनिबार राति चोरी भएको छ।
स्थानीय जगत यादवको घरबाट रु. ५० हजार, रु. ४४ हजारको एक थान ल्यापटप र छठपर्वका लागि किनिएको ३२ हजार बराबरको कपडा चोरी भएको छ।
यस्तै, मनोज यादवको घरबाट १० हजार नगद, एक थान मोबाइल सेट र ६ लाख बराबरको १० तोला सुनका गहना चोरिएको छ। फेंकु दास तत्माको घरबाट एउटा मोबाइल, नगद तथा गरगहना गरी तीन लाख र वीरेन्द्र चौरसियाको घरबाट नगद तथा गरगहना गरी रु. एक लाख ५० हजारबराबरका सामान चोरी भएको छ।
इलाका प्रहरी कटहरियाका अनुसार शनिबार राति ११ देखि २ बजेबीचमा चोरी भएको अनुमान छ। घरभित्र राखिएका टिनका बाक्सा बाहिर खेतमा लगेर फुटाई लगेको पीडितहरूको भनाइ छ।