हवाई कारवाहीमा मारिए २६ सर्वसाधारण
दमासकस- अमेरिका नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कारवाहीमा परी सिरियामा कम्तीमा २६ सर्वसाधारणको मृत्यु भएको छ।
सिरियाको पूर्वी प्रान्त डेइर ए जोरमा भएको घटनामा मारिने मारिनेमा महिला र बालबालिकासमेत छन्। कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट (आईएस) विरुद्ध उक्त कारवाही चलाएको हो।
हवाई कारवाही इराकसँगको सिमानामा पर्ने इयुफ्राटिज नदीनजिकै भएको थियो। त्यस क्षेत्रमा आतंककारीहरू रहेको सूचनाका आधारमा हवाई कारवाही गरिएको गठबन्धन सेनाले जनाएको छ।
सिरियामा सन् २०११ को मार्चदेखि राष्ट्रपति बसर अल असदविरुद्ध आन्दोलन शुरु भएको थियो, जुन गृहयुद्धमा परिणत भयो। हालसम्म यस युद्धमा परी ३ लाख ४० हजारभन्दा बढीको ज्यान गइसकेको छ। सिन्हवा