हिउँमा भालुको बच्चाको संघर्ष कथा (भिडियो)
बीबीसी
सामाजिक सञ्जालहरूमा अहिले भालुको बच्चाले चिप्लो हिउँबाट ज्यान बचाउन गरेको संघर्ष खुबै चर्चामा छ।
आफ्नी आमासँग हिउँ थुप्रिएको पहाडमा माथि चढ्ने कसरतमा छ, त्यो भालुको बच्चा। रुसी फोटोग्राफर दिमित्री केद्रोवले ड्रोनको सहायताबाट रुसको मगादान इलाकामा उक्त भिडियो खिचेका हुन्।
शुरुमा आमासँगै हिउँ जमेको भिरालो ठाउँबाट माथि उक्लिने प्रयास गरिरहेको हुन्छ, भालुको बच्चा। आमा सहजै उक्लिन्छे, बच्चा भने चिप्लिन्छ।
हिउँमा चिप्लिँदा पनि बच्चाले हार मान्दैन र निरन्तर माथि चढ्ने प्रयास गर्छ। एक पटक त चिप्लिएर यति तल झर्छ कि मानौं उसको इहलीला अब त्यहीं समाप्त हुनेछ। तर, फेरि चट्टामा अडिएर उकालो लाग्छ। र, चिप्लिँदै चिप्लिँदै आमा भए ठाउँसम्म पुग्छ।
५ नोभेम्बरमा युट्युबमा अपलोड गरिएको २ मिनट ५८ सेकेन्डको भिडियो हालसम्म ६ लाख १७ हजार ४३५ जनाले हेरिसकेका छन्। सोही दिन अपलोड गरिएको अर्को फुटेज १९ हजार ७ सय ६१ जनाले हेरेका छन्।
अघिल्लो भिडियोमा ८७६ जनाले कमेन्ट गरेका छन्। केही शोधकर्ताले भिडियो खिच्ने केद्रोवको आलोचना पनि गरेका छन्।
नजिकै देखिएको ड्रोनले आफूहरूमाथि आक्रमण गरिरहेको त्रासका कारण हुन सक्छ, एक पटक आमाचाहीं आक्रामक देखिन्छे। “भालुको नजरबाट हेर्यो भने ड्रोन कुनै अज्ञात वस्तुको रूपबाट देखिन्छ,” इदाहो विश्वविद्यालयका प्राणीशास्त्री सोफी गिल्बर्टको भनाइ छ।
केद्रोवको भनाइमा त्यो दृष्य ड्रोनलाई नजिक पुर्याएर खिचिएको होइन, जुम गरेर टाढैबाट लिइएको हो।
हेर्नूस् भिडियो