बस दुर्घटनामा २६ घाइते
चितवन- भ्रमणबाट विद्यार्थी लिएर फर्किँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर-६ पुल्लरमा बस दुर्घटना भएको हो। घाइते सबैको अवस्था खतरामुक्त छ। उनीहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
ना६ख ९३६६ नम्बरको बस बिहान सवा १ बजे अनियन्त्रित भई पल्टिएको थियो। बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ। रासस