पीपीएलको फाइनलमा पोखरा र चितवन
पोखरा प्रिमियर लिग (पीपीएल)को भोलि, २० कात्तिकमा हुने फाइनल खेलमा चितवन र पोखराबीच प्रतिस्पर्धा हुने भएको छ ।
आज भएको खेलमा ‘चितवन राइनोज’ले ‘हुलास काठमाडौं रोयल्स’लाई ६ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
३ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाएको काठमाडाैंले मात्रै ९४ रन मात्रै जोड्यो । काठमाडाैंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए भने जयकिशन कोलसवालले २५ रनको योगदान दिए ।
जितका लागि ९५ रनको सामान्य लक्ष्य सहित ब्याटिङमा उत्रिएको चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर विजयी लक्ष्य पुरा गरेको थियो ।
चितवनका तर्फबाट स्मित पटेलले ३८ रन बनाए । अर्का ब्याट्सम्यान हरिशंकर साहले २६ रनको योगदान दिए ।
पोखरा पल्टन भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
युवराज श्रेष्ठ, पोखरा