कला/साहित्यशुक्रवार, कार्तिक १६, २०७५

‘तीन खान’ एक ठाउँ

हिमालखबर

बलिउडमा ‘तीन खान’को बर्चश्व छ। उनीहरू एक ठाउँमा उभिएको मात्र देखिए स्थानीय सञ्चार माध्यमका लागि ठूलै मसला बन्छ।

‘तीन खान’ अर्थात् शाहरुख, आमिर र सलमान। करोड क्लबको सनसनी यिनै खानहरूले स्थापित गराएका हुन्, बलिउडमा। तर, यी तीन जना एक ठाउँ उभिएर फिल्म निर्माण र अभिनय गरेको देखिएको छैन।

एक समयमा शाहरुख र सलमानले एकसाथ पर्दामा देखिने चेष्टा नगरेका होइनन्। तर, त्यसमा आमिर अटाएनन्।

‘तीन खान’ एउटै समारोहमा देखिन लागेको विषय अहिले बलिउड नगरीमा तात्तातो मसला बनेको छ। शाहरुखको ५३औं जन्मोत्सवमा उनको निवास ‘मन्नत’मा सलमान र आमिर पनि सहभागी हुँदैछन्।

शुक्रबार साँझ आयोजना हुने समारोहका लागि ‘मन्नत’लाई झकिझकाउ बनाइएको छ। त्यही समारोहमा शाहरुखको बहुप्रतिक्षित सिनेमा ‘जिरो’को ट्रेलर पनि सार्वजनिक गरिँदैछ।

प्रतिकृया दिनुहोस