पारस, सोमपाल, शरद र वसन्त आईसीसीको टी-२० वरीयतामा
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्इसीसी) को टी-२० क्रिकेटको नयाँ वरीयतामा नेपालका चार खेलाडी समावेश भएका छन्।
आर्इसीसीले बुधबार राति सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर पर्न सफल भएका हुन्।
नेपाली टोलीका कप्तान तथा ब्याट्सम्यान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी उक्त सूचीमा परेका हुन्। ब्याटिङतर्फ कप्तान पारस खड्का ९४औं र शरद १००औं स्थानमा छन्। यस्तै, बलिङतर्फ सोमपाल ९२औं र रेग्मी ७४औ स्थानमा छन्।
आर्इसीसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा वरियता निर्धारण गर्छ। एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली खेलाडी पनि यसै वर्षदेखि यस सूचीमा समावेश भएका छन्। रासस