गलत रिपोर्ट बनाउने डाक्टर कारबाहीमा
नेपाल मेडिकल काउन्सिलले बलात्कारको विषयमा गलत रिपोर्ट बनाउने दुई डाक्टरको प्रमाणपत्र निलम्बन गरेको छ ।
बलात्कार भएकी बालिकाको बलात्कार नभएको भन्दै डा. विजयकुमार सिंह र डा. रम्भा गोइतले अभियुक्तको पक्षमा रिपोर्ट बनाएपछि काउन्सिलले छानबिन समिति बनाएको थियो ।
समितिमा काउन्सिल सदस्य डा. कालुसिंह खत्री, प्रा.डा. हरिहर वस्ती, डा. मधु तुम्बाहाम्फे र स्वास्थ्य मन्त्रालयका कानून उपसचिव पुष्करराज नेपाल थिए ।
पढ्नुहाेस् ।
समितिले सिफारिस गरेबमोजिम बालिकाको शारीरिक जाँच गर्ने चिकित्सकद्वय गोइत र सिंहले न्युनतम चिकित्सकिय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट बनाएको ठहर गर्दै व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने निर्णय गरेको हो ।
काउन्सिलको अर्को निर्णय नआउँदासम्म दुवै डाक्टरले चिकित्सकिय अभ्यास गर्न पाउने छैनन् ।
त्यस्तै, छानविन समितिले बयानका लागि बोलाउँदा अटेर गर्ने सिराहा जिल्ला अस्पतालका चिकित्सक डा. राकेशकुमार सिंहलाई सात दिनको म्याद दिई प्रष्टिकरणका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुन भनेको छ ।
सिंह सात दिनभित्र काउन्सिलमा उपस्थित नभए उनको पनि प्रमाणपत्र निलम्बन गर्ने काउन्सिलले जनाएको छ ।