साझा यातायात र बससेवाबीच अनलाइन टिकटिङ सम्झौता, अब साझाका टिकट घरबाटै काट्न सकिने
साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङको सम्झौता भएको छ ।
सम्झौतासँगै अबदेखि यात्रुले साझा यातायातको टिकट अनलाइनबाटै काट्न सक्नेछन् ।
अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज् प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गरेका छन् ।
साझाले बससेवासँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर सञ्चालन हुने डिलक्स बसका लागि अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो ।
हाल साझा यातायातका बस काठमाडौदेखि भैरहवा र बाग्लुङका लागि छुट्दै आएका छन् ।