समाचारशनिबार, २० आश्विन , २०७५
डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडियो
डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत त्रिपुराकोट नगरपालिका–९ धाउनीको तारपरे भीरमा ट्रयाक खुलेसँगै डोल्पा सडक सञ्जालमा जोडिएको हो ।
ट्रयाक खुलेसँगै डोल्पाको खदाङदेखि चुँगाडसम्म ट्याक्टर सञ्चालनमा ल्याइएको छ ।
सदरमुकाम दुनै, जुफाल विमानस्थल र त्रिपुराकोटको सुँपानीसम्म यसअघि नै आन्तरिक यातायातको रूपमा हेलिकप्टरबाट ल्याइएका जीप तथा ट्याक्टर सञ्चालनमा आइरहेको छ ।
जाजरकोट–डोल्पा नाम दिइएको भेरी करिडोरको पहिलो चरणको निर्माण कार्यअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पा दुनैसम्मको ११७ दशमलव ७ किमी सडकको ट्रयाक खोल्ने कामको जिम्मा नेपाली सेनाले लिएको थियो ।
सडक निर्माण कार्य पूरा भएपनि विभिन्न खोला तथा नदीमा पुल नभएकाले यातायात सञ्चालनमा समस्या हुने देखिएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- सोमबार, ६ फाल्गुण , २०७५ नुन किन्न सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य
- सोमबार, ६ फाल्गुण , २०७५ जेठीलाई छाडी कान्छी भित्र्याउँदा प्रहरी खोरमा
- सोमबार, ६ फाल्गुण , २०७५ प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
- आइतबार, ५ फाल्गुण , २०७५ ‘लुट्न सके लुट’लाई पुनः अपलोड गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह, शर्मा भन्छन्– ‘सोचेर निर्णय गर्छु’