आन्दोलनले महोत्तरीका सबै स्थानीय तह ठप्प
महोत्तरीका सबै स्थानीय तह कर्मचारीकाे अान्दाेलनका कारण आज ठप्प भएका छन् ।
भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।
कर्मचारीले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । १० असोजमा लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नै कार्यकक्षमा हातपात गरेपछि आन्दोलनमा उत्रिएको ट्रेड युनियनका अध्यक्ष राजीशरण यादवले जानकारी दिए । “जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि कुनै कारवाही नभएपछि आन्दोलनमा उत्रिएका हौँ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कानून र प्रक्रियाअनुसार कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए । रासस