पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको लागि एडीबीले २० अर्ब ७० करोड ऋण दिने
एशियाली विकास ब्यांक (एडीबी)ले पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको लागि २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ ।
ब्यांक सञ्चालक समितिको फिलिपिन्सको मनिलामा सम्पन्न आजको बैठकले राजमार्ग मर्मतसम्भारका लागि उक्त रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो ।
नेपालको प्रमुख राजमार्गको सुधारपछि यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास ब्यांकले गरेको छ ।
ब्यांकले राजमार्गको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरेको छ । रासस