कामनपाले भत्काउन खोेजेको बागदरबार नभत्काउन सर्वाेच्चको आदेश
सर्वोच्च अदातले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
पुरातत्व विभागले काठमाडाँै महानगरपालिकालाई दरबारको मौलिकतामा परिर्वतन नहुने गरी पुनः निर्माण गर्न भने तापनि महानगरपालिकाले भत्काउने तयारी गरेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दायर गरेका थिए।
सर्वोच्च अदाललते मौलिकता परिर्वतन नहुने गरी पुनः निर्माण गर्नुेपर्ने भएको हुँदा तत्काल सो दरबार नभत्काउन र मुद्दाको अन्तिम किनारका नलाग्दासम्म संरक्षण गर्न आदेश दिएको छ। साथै, आदेशमा लिच्छवीकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन सबै दरबार जोगाउन भनेको छ ।