चितवनको हाकिम चोकमा बजाज शोरूम
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले चितवनको हाकिम चोकमा नयाँ शोरुम स्थापना गरेको छ ।
नयाँ शोरुम ‘एन के मोटर्स’ले सेल्स, सर्भिस र स्पेयर्सको सुविधा उपलब्ध गराउनेछ ।
बजाज मोटसाइकलको बढ्दो मागकै कारण नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ ।
शोरुम शुभारम्भको अवसरमा खरीदकर्ताका लागि विशेष छूट र उपहारको व्यवस्था समेत गरिएको छ ।