मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु छोरा घाइते
मोरङको कटहरी गाउँपालिका ३ स्थित हुलाकी राजमार्गमा आज ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार कटहरी ४ का जगदीश गुप्ता (५०) को मृत्यु भएको छ ।
मोटरसाइकल चालक छोरा भने घाइते छन् । को १ ख २९४४ नम्बरको ट्रकले सडक पार गर्दै गरेको को २५ प २८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे मोरङका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले बताए। गुप्ताका घाइते छोरा प्रमोद (२०) को गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
– कमल रिमाल