डा कुमुद धिताल ‘प्राइड अफ अष्ट्रेलिया’ सम्मानका लागि मनोनित
विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक कुमुद धिताल जसले विश्वमै पहिलो पटक मृत व्यक्तिको मुटु अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरे उनी ‘प्राइड अफ अष्ट्रेलिया’ सम्मानका लागि मनोनित भएका छन् ।
अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालका सह–प्राध्यापक धितालले अष्ट्रेलियामै मृत व्यक्तिको मुटुलाई निकालेर त्यसमा पुनः धडकन फर्काएर त्यसलाई आफ्नो अस्पतालसम्म ल्याएर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सफल भएका थिए ।
समुदायका लागि विशेष योगदान तथा सफलता हासिल गर्ने ब्यक्तिहरुलाई प्रशंसा स्वरुप हरेक वर्ष यो अवार्ड प्रदान गरिन्छ ।
डा कुमुद धितालबारे विस्तृतमा थाहा पाउन यो पढ्नुहोस्: