थप समाचारशनिवार, आश्विन १३, २०७५

इन्डोनेसियामा भूकम्पका कारण ३८४ को मृत्यु

हिमालखबर

इण्डोनेशियाको तटीय शहरमा शुक्रबार आएको ७.५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प र त्यसपछि अाएकाे सुनामीका कारण मृत्यु हुनेको संख्या ३८४ पुगेको छ।

सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको अधिकारीहरुले शनिबार जानकारी दिए।

अरु सयौँ जनाको अस्पताल उपचार भइरहेको उनीहरुको र घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको बताइएको छ।

प्रकोप व्यवस्थापन सम्वन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सो समाचार लेख्दासम्म ३८४ जनाको मृत्यु भएको छ। मृत्युको संख्या बढ्ने सक्ने अधिकारीहरु बताउँछन् ।

सुनामी आएपछि मानिसहरु आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए । एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ। अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन्।

यस क्षेत्रमा अहिले विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएका छन भने, पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध भएका छन्।

शक्तिशाली पराकम्पनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु शहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन्।

इण्डोनेशियाको तटीय शहरमा शुक्रबार ७.५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प आए लगत्तै शक्तिशाली सुनामीले पनि आएको हो।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको छन् ।

– एएफपी

 

प्रतिकृया दिनुहोस