प्रदेश–१ मा घरेलु हिंसा सम्बन्धी विधेयक पारित
प्रदेश–१ को प्रदेशसभा बैठकले घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।
आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिमको उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमाथि छलफल भाग लिँदै प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले घरेलु हिंसा सम्बन्धमा बनेको विधेयकले समाजमा घरेलु हिंसा कम हुने र यसबाट असल समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले आएका सुझावले विधेयकलाई पूर्णता दिन सहयोग पुगेकोमा खुशी व्यक्त गरे ।
प्रदेशसभाको अर्को बैठक १४ असोज दिउँसो १ बजे बस्नेछ । रासस