चार वर्षमा १२ हजार सर्वसाधारणको ज्यान गयो
सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा चार वर्षमा १२ हजार सर्वसाधारणको ज्यान गएको युद्ध निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ।
बेलायतआवद्ध मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिएकामा १६९ जना संयुक्त गठबन्धन र सिरियाली सेनासमेत रहेका छन्।
अमेरिकाआवद्ध यस संयुक्त सेनाले सिरियाली आतङ्ककारी लक्षित गरेको आक्रमणमा परी यी सर्वसाधारण मारिएका हुन्।
आइएसको बलियो प्रभाव रहेको देशको पूर्वी भागमा तेलको धनी प्रान्त देइर अल जोउरमा जारी युद्धमा हाल अमेरिकाआवद्ध संयुक्त सेनालाई कुर्दिसआवद्ध ‘सिरियन डेमोक्र्याटिक फोर्सेस’को समर्थन रहेको छ।
संयुक्त सेनाले गरेको कारबाहीमा बारम्बार सर्वसाधारणको ज्यान गएपछि सिरिया सरकारले संयुक्त गठबन्धनलाई सिरियाबाट आफ्नो कारबाही रोक्न राष्ट्र सङ्घमार्फत आग्रह गर्दै आएको छ।
– सिन्ह्वा