भियतनामका राष्ट्रपतिको निधन
भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रवार निधन भएको छ।
लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ। स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको हो।
सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हालेका क्वानले त्यसअघि चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
आलङ्कारिक राष्ट्रपतिका रुपमा रहे पनि उनले भियतनामका प्रभावशाली नेताको छवि बनाउनु बनाएका थिए। गत साता आफ्नो कमजोर स्वास्थ्यका बीचमा पनि राष्ट्रपति ट्रानले इन्डोनेशियाली राष्ट्रपति जोको विडोडोको स्वागत कार्यक्रमको आतिथ्य गरेका थिए।
हनोईमा चिनियाँ राजनीतिज्ञ र विदेशी प्रतिनिधिमण्डलसँग उनले सार्वजनिक रुपमा दुई दिन अगाडि मात्र भेटवार्ता गरेका थिए।
कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका राष्ट्रपति ट्रानको पार्टीभित्र गहिरो प्रभाव थियो।
–एएफपी