फास्ट ट्रयाकको डीपीआर चार महीनाभित्र
नेपाली सेनाले निर्माणाधीन काठमाडौं–तराई द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चार महिनाभित्र तयार हुने दाबी गरेको छ ।
आज (बिहिबार) सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै सेनाको इन्जिनियरिङ विभागका प्रमुख तथा रथी योगेन्द्रकुमार खाँडले कोरियन कम्पनी सुसुङ्गलाई डीपीआर तयार गर्न परामर्शदाताको रुपमा छानिएको र यो कम्पनीले चार महिनाभित्रै डीपीआर तयार गरेर बुझाउने दाबी गरे ।
डीपीआर तयार गर्न १७ कम्पनीले प्रस्ताव बुझाएकोमा प्रतिस्पर्धाबाट कोरियन कम्पनी छानिएको हो । सेनाले तोकिएको चार वर्षको अवधिभित्रै फास्ट ट्रयाकको निर्माण सम्पन्न हुने दाबी गरेको छ ।
चार वर्षमा परियोजना सम्पन्न हुने गरी धमाधम काम गरिरहेको सेनाले जनाएको छ ।
७६ दशमलव २ किलोमिटर लामो परियोजनाअन्तर्गत कुल ६ किमी लम्बाई भएका तीनवटा सुरुङ तथा ९९ वटा पुलको प्रस्ताव गरिएको छ ।
पढ्नुहाेस् ।