अख्तियारको प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे स्वीकृत भएका छन् ।
आज बसेको संसदीय सुनुवाइ समितिले घिमिरेलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।
यसअघि कार्यवाहक प्रमुख आयुक्तका रूपमा काम गरिरहेका घिमिरेले राष्ट्रपतिबाट सपथ लिएसँगै पदभार ग्रहण गर्नेछन् ।
संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।
समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका थिए ।