सुनसरीमा गोली प्रहार गरी स्कूल सञ्चालकको हत्या, एक प्रहरी घाइते
सुनसरी हरिनगरा–२ मा आज बिहान गोली प्रहार गरी विद्यालय सञ्चालकको हत्या गरिएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले रैयान नेशनल पब्लिक स्कूलका संस्थापक सञ्चालक खुर्सीद अन्सारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
सुनसरीका प्रहरी निरीक्षक कमल खत्रीकाअनुसार विद्यालयबाट बाहिरिए लगत्तै अन्सारीको टाउको र कोखामा गोली प्रहार भएको थियो ।
गोली प्रहार गरी भागेको समुहलाई रोक्ने खोजेका एक प्रहरी जवानलाई पनि गोली लागेको छ ।
गोली लागि घाइते भएका प्रहरी जवान शिवलाल पौडेललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
कमल रिमाल, विराटनगर