पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले सफाइ पाए
भ्रष्टाचारको आरोपमा १० वर्षका लागि जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले सफाइ पाएका छन्।
बुधबार इस्लामावाद हाइकोर्टले प्रमाण नपुगेको भन्दै नवाज शरीफ, उनकी छोरी मरियम र ज्वाइँ मोहम्मद सफदरलाई दिइएको सजाय रद्द गरिदिएको हो। अदालतको निर्णयसँगै छिट्टै तीनै जना जेलमुक्त हुनेछन्।
पाकिस्तानको अकाउन्टेबल कोर्टले ६ जुलाईमा शरीफलाई भ्रष्टाचारमा दोषी मानी जेल सजाय तोकेको थियो।