रौतहटमा प्रहरी र स्थानीयबीच झडप, पाँच सेल अश्रु ग्यास प्रहार
रौतहटमा लाश जलाउने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरको मसानघाटमा गम्हरिया टोलकी महिलाको लाश जलाउने क्रममा विवाद भएको हो ।
गरुडाकी भंगियादेवीको श्रीपुरमा लाश जलाउन लैजाँदा श्रीपुर र भंगियाका स्थानीयबीच झडप भएको हो ।
झडप नियन्त्रण गर्न प्रहरीले पाँच सेल अश्रु ग्यास प्रहार गरेको छ ।
झडपमा प्रहरी नायब निरीक्षक सुरेशकुमार गुप्ता र केही स्थानीय घाइते भएका छन् ।
गुप्ताको गरुडास्थित हेल्थ ल्यान्ड हस्पिटलमा उपचार भइरहेको छ ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सञ्जय मित्र, रौतहट