कला/साहित्यबुधवार, आश्विन ३, २०७५

बालबालिकाको सहयोगका लागि कला प्रदर्शनी

हिमालखबर

अनाथ बालबालिकाको सहयोगका लागि ललितपुरको सानेपामा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।

ब्लू नोट क्याफे सानेपामा ३ असोजमा आयोजित एक दिने प्रदर्शनीमा कलाकारत्रय चन्द्रा श्रेष्ठ, रिता मानन्धर र सम्झना राजभण्डारीका चित्रकला बिक्रीमा राखिएका थिए ।

चित्रकला बिक्रीबाट आएको रकमको ५० प्रतिशत बाल संरक्षणको क्षेत्रमा काम गरिरहेको काठमाडौंको धापासीस्थित हेरचार सामाजिक विकास संस्थालाई प्रदान गरिने कलाकार चन्द्रा श्रेष्ठले जानकारी दिइन् ।

शब्द/तस्वीर: बिक्रम राई

 

प्रतिकृया दिनुहोस