कला/साहित्यबुधवार, आश्विन ३, २०७५

सितु खरेलको ‘म जस्तै तिमी पनि’ सार्वजनिक

हिमालखबर

गायिका सितु खरेलेको सातौं एल्बम ‘म जस्तै तिमी पनि’ सार्वजनिक गरिएको छ ।

आज काठमाडौंमा आयोजित समारोहमा गायिका खरेलका साथै पत्रकार सुमन खरेलले एल्बमको विमोचन गरेका हुन् ।

एल्बममा ६ वटा गीत समावेश गरिएको छ । सबै गीतमा गायिका खरेलले स्वर दिएकी छन् ।

डा. दुबसु क्षेत्रीले रचना गरेका गीतमा सचिन सिंह, प्रभुराज ढकाल, कर्ण दास, हरि लम्साल, न्ह्यू वज्राचार्य र चण्डीप्रसाद काफ्लेले संगीत भरेका छन् ।

विन्ध्यावासिनी म्यूजिकले बजार व्यवस्थापन गरेको एल्बमबाट प्राप्त हुने सम्पूर्ण रोयल्टी ‘मानव सेवा आश्रम’ लाई दिइने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस