नेपालमा लगानी गर्न भियतनामलाई आग्रह
नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ। चेम्बरको भवनमा बुधबार कार्यकाल सकिएर भियतनाम फर्कन लागेका राजदूत टोन्ह सिन्ह थान्हलाई चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँगै नेपालमा लगानीको वातावरण बनेको उल्लेख गरे। उन भने, “नेपालमा पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रमा लगानी बढाउन उपयुक्त छ।”
अध्यक्ष शाक्यले फष्टाउँदो अर्थतन्त्रका रुपमा भियतनामले आर्थिक विकास तीव्ररूपले गरिरहेकाले नेपालको कृषि आधुनिकीकरणमा पनि उल्लेखनीय योगदान पुर्याउन सक्नेमा जोड दिए।
भियतनामका राजदूत थान्हले नेपालसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि भियतनाम तयार रहेको बताए। उनले दुई देशबीच लगानी तथा पर्यटन प्रवद्र्धनका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन आफूले सक्दो पहल गर्ने उल्लेख गरे। राजदूत थान्ह आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका हुन्। - रासस