माल्दिभ्ससँग नेपाल ३-० ले पराजित
बाङ्लादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गतको सेमिफाइनल खेलमा माल्दिभ्ससँग नेपाल ३-० गोलले हारेको छ ।
समूह 'ए' विजेता रहेको नेपालले समूह 'बी' को उपविजेता माल्दिभ्ससँग सेमिफाइनल खेलमा पराजय भोग्नु परेको हो ।
साफ च्याम्पियनसीपमा अहिलेसम्म माल्दिभ्सलाई हराउन नसकेको नेपालले यसपटक पाएको अवसर पनि सदुपयोग गर्न सकेन ।
नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।
त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले दुई गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो ।