मध्यान्तरसम्म नेपाल १–० ले अगाडि, बिमलको फ्रि किक गोल
बाङ्लादेशमा भइरहेको साफ च्याम्पियनसिपको नेपाल र बाङलादेशबीच जारी खेलमा नेपालले १–० को अग्रता लिएको छ ।
विमल घर्तीमगरले गरेको फ्रिकिक गोलमा नेपालले पहिलो हाफमा अग्रता लिएको हो ।
मध्यान्तरसम्म नेपालको अग्रता कायमै छ ।
सेमिफाइनल प्रवेशका लागि नेपालले आजको खेल जित्नै पर्नेछ ।
नेपाल पहिलो खेलमा पाकिस्तासँग २–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ४–० ले पराजित गरेको थियो ।