युएस ओपनः नाडाल सेमिफाइनलमा प्रवेश
युएस ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत आजको खेलमा विजय प्राप्त गरी राफेल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन्।
युएस ओपनका वर्तमान च्याम्पियन नाडालले डोमिनिक थाइमलाई ३–२ सेटको अन्तरले पराजित गरे ।
करिब ४ घण्टा ४९ मिनेटको सङ्घर्षपूर्ण उक्त खेलमा नाडालले थाइमलाई ०–६, ६–४, ७–५, ६–७ र ७–६ सेटमा पराजित गरेका हुन् । योसँगै नाडाल सातौं पटक युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विश्व नं. १ खेलाडी नाडाल चौथो पटक युएस ओपन जित्ने प्रयासमा छन्। उनले हालसम्म १८ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन्। – एएफपी